Honorable Speaker Dol Prasad (DP) Aryal paid a courtesy call on the Ambassador of Japan to Nepal, His Excellency Mr. Maeda Toru.
May 15, 2026
सम्मानीय सभामुख डोल प्रसाद (डीपी) अर्यालज्यूसँग नेपालका लागि जापानका राजदूत महामहिम Mr. Maeda Toru ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो। सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राख्नुभयो।
राजदूत Toru ले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।